बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profileg
बिम्मी कालिन्दी शर्मा

@SharmaBimmi

जिदंगी तेरे गम नें हमें रिश्ते नएं समझाए.........

ID:1603917859

linkhttps://hindihasyvyang.blogspot.com calendar_today18-07-2013 17:08:36

61,9K Tweets

6,5K Followers

297 Following

बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

अयोध्यामा छन् सबैका राजा राम,
नेपाल र भारतका नेता भए हराम,
गर्दैनन् यी नेताले देश विकासका कुनै काम,
हे प्रभु छिट्टै यिनलाई लैजाउ परमधाम.....🤭😅

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

मोबाइल मान्छेको मुठ्ठीमा,
अनि मोबाइलको मुठ्ठीमा मान्छेको कर्तुत 🤔

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

इच्छाको आकाशमा मान्छे तृष्णाको लटाईमा बेरिएर चंगा झै अनन्त कालसम्म उडिरहन चाहन्छ ।

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

काम नगरि दाम पाइन्दैन, दाम नभए माम खान पाइन्दैन, अनि मामले रित्तिएको पेट र दामले रित्तिएको गोजीमा माया पनि घाँडो हुन्छ । 🙄

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

आमाबुवा घरको त्यो मजबूत खम्बा हुन जो पुरानो भइ मक्किए पनि कहिल्यै नढलुन । किनकी यो खम्बा ढलेमा घरको सम्पूर्ण संरचना नै खल्बलिन्छ । 👍

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

मान्छे.............🤔
बाचुन्जेल धारे हात,
मरेपछि अलिनो भात,
प्रेम...............❤️
टाढाबाट मिठो मुस्कान,
नजिकबाट खल्लो पकवान 😔

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

पीड़ा र भोगाई अतिशय भएपछि मान्छे आफैभित्र खुम्चिएर मौन हुन थाल्दछ 🤭🙄

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

जाडो आयो खप्न सकिन,
आफ्नै घर बालेर तापें ।
सोचे अर्को बर्खाको कमाइले,
फेरि घर बनाउला ।
तर यसपालि त खडेरी पर्यो ।
खेतसँगै मेरो मनपनि सुक्यो ।

जाडो आयो खप्न सकिन, आफ्नै घर बालेर तापें । सोचे अर्को बर्खाको कमाइले, फेरि घर बनाउला । तर यसपालि त खडेरी पर्यो । खेतसँगै मेरो मनपनि सुक्यो ।
account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

समयको रुखबाट
खसेका गुलमोहरहरु याद बनेर
मनको मरुभूमिमा खस्छन्,
अनि वर्तमानलाई
आल्हादित बनाएर जान्छन......❤️🌹

समयको रुखबाट खसेका गुलमोहरहरु याद बनेर मनको मरुभूमिमा खस्छन्, अनि वर्तमानलाई आल्हादित बनाएर जान्छन......❤️🌹
account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

यादहरु जन्ति लिएर मनको दैलोमा आइपुग्छन् अनि मायाको घुम्टो ओढेर बसेको खुशीलाई आफुसितै लैजान्छन् पर सपनाको देशमा । 🌹

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

पत्रकारलाई दिमाग र मनको स्वतन्त्रता हैन साहुको पैसा र पावरको परतन्त्रता मन पर्छ । 🙄
त्यसैले त आफ्नो नैतिकता र इमान साहुको प्रेसमा बन्धकी राखेर 'स्तुतिगान' लेख्छन् अनि बाहिर गनगन गर्छन् प्रेस स्वतन्त्र भएन ।🤭
सक्छौ भने तिमी पनि धोबी बन देश र समाजको मैलोमाथि कलमको मुँग्रो चलाऊ 🤗

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

धोबीले लुगालाई डाम्ने (आइरन गर्ने) प्रेस स्वतन्त्र छ तर पत्रकारले समाचारलाई डाम्ने प्रेस स्वतन्त्र भएन कठै ! 🤔🤭

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

एउटा पहाड़ी मुलकों मानिस काफल बेच्न बसेको थियो ।
एकछिनपछि एउटा मधेशी मूलको मानिसले उसलाई भोजपुरीमा 'का फल ह'(कुन फल हो)? भनेर सोध्यो ।
नेपालीले 'काफल हो काफल' भनेर जवाब दियो ।
मधेसिले बुझेन बारम्बार 'का फल ह' भनेर सोधि नै रह्यो, पहाड़ीले 'काफल काफल' भनेर उत्तर फर्काई रह्यो😆😄

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

बजारमा सुख महंगो दुःख सस्तो छ,
त्यसैले सुख छोडेर दुःख किनेर घर फर्किरहेछन् ! 🤗

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

मान्छेको पुर्खा बाँदर भए जस्तै गोहीको पुर्खा छेपारो या छिपकलीलाई मान्न सकिन्छ कि नाई? 🤔

मान्छेको पुर्खा बाँदर भए जस्तै गोहीको पुर्खा छेपारो या छिपकलीलाई मान्न सकिन्छ कि नाई? 🤔
account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

संस्कारभन्दा महत्वपूर्ण सँगत हो,
घरभित्र जति नै राम्रो संस्कार दिएर हुर्काए पनि घर बाहिरको सँगतले हो मान्छे बिग्रिने । 🤔😔

account_circle
बिम्मी कालिन्दी शर्मा(@SharmaBimmi) 's Twitter Profile Photo

शमसान घाटमा लाशलाई छुँदा अशुद्ध मानिन्छ र घर आएर नुहाउनु पर्दछ ।
तर घरमा मरेको पशुको मासु ल्याएर पकाएर खाँदाचाँहि अशुद्ध नहुने, नुहाउनु पनि नपर्ने ? वाह ! क्या गज्जब छ हाम्रो धर्म र समाज ? 🤔🤭

account_circle