Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profileg
Vishnu Dhakal

@VishnuDhakal11

यसाे लेख्न मन लाग्छ,संझन्छु अतीत,जुन बिचारले राम्रो मानिस बन्न सिकाउने प्रयास गर्याे!त्यसैमा दुलाे पार्नेहरू देख्दा,साेच्छु मानिस स्खलित भएको के काे लागि हाेला?

ID:1125255579281133568

calendar_today06-05-2019 04:26:51

29,0K Tweets

12,0K Followers

13,2K Following

Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

आज छलफल व्यक्तिगत परिचय बारे भयो सञ्जालमा होस वा भेटघाटमा मानिसहरू दुइ थरी देखिन्छन्!बाहिरी आवरणमा जे देखिन्छ वास्तविक जीवन र सामाजिक मर्यादा सो अनुरूप हुदैन!भेद खुल्ने डरले उनीहरू परिचय र विवरण दिन नचाहने रहेछन् र यस्ता आडम्बरीको बाहुल्यता छ!सरल र वास्तविक जीवन यापनगर्ने ओझेलमा!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

समाजलाई निःस्वार्थ सेवा योगदान दिने मानिसहरू नभएका होइनन् तर धेरै नाम चलेकाले झुक्याउदा झुक्याउदै हामी आदी भएर पहिचान तर्फ ध्यान दिन छाड्यौ!सँगठित रूपमा आन्दोलन अभियान चलाउनेले भोलि ब्रम्हलुट गर्न लगानी गरिरहेका हुन्छन् यहीँ खेतीपातीमा हामी गोरे, काले भनेर अल्झन्छौ नियति निरन्तर!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

हरेक सफल व्यक्तित्वको वर्तमान देखेर वाहवाही गर्ने धेरै भेटिन्छन् तर यहाँ सम्म आइपुग्न गरेका सङ्घर्ष बारे चासो राखिदैन!सफलता हरेक परिस्थितिमा सन्तुलित विचार व्यवहारले पछ्याउने हो!सवल भन्दा दुर्वल पक्ष मानिसहरूले चासो साथ निहाल्छन्!कर्ममा निस्फ्रिक्रि भएर दिइने निरन्तरता परिणाम हो!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

भीड जम्मागर्ने होडबाजी चलेको छ कोही ऋण मिनाहा गर्छु भन्छन् कोही शुशासन भ्रष्टाचार उन्मुलनका कुरा गर्छन्!पिडितहरू भेला हुन्छन् यहीँ फोटो भिडियो देखाएरआआफ्ना मालिकसँग फन्ड जम्मा गर्छन् हामी बलिया छौ भनेर!भीड त बरू चटके मदारीको ठिक हो धेरैले पैसा दिएर जान्छन् उद्देश्य प्रति इमानदार!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

मौलिकता हराउदै जानुमा पूर्वनिर्धारित विधामा बाधिएर लेख्नु,कलाकारितापनि अरूको रूचिमा देखाउनु हो जस्तो लाग्छ!नयाँ सृजना बन्धन रहित भएर सम्भव छ जो आजको भौतिक सुखसुविधाले हुन दिदैन!जे बिक्छ त्यही,त्यस्तै गर्दै जाँदा उदयमान देखिएका स्रष्टा कलाकार राजनीतिज्ञहरू एउटा सीढीबाट चिप्लिए झै!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

कलाकारहरूले चलाउने राज्यमा हामी वास्तविक जीवन खोजीरहेका छौ विरोधाभास यहीँ हो!कोही भाषणवाज कोही उखानतुक्के कोही समाचार बेच्ने वाकशक्ति भएका,कोही कृतिम वर्षा गराएर छाता ओड्ने अभिनय अर्कैको कथावस्तुमा!हाम्रो चिन्ता हिजो खाली खुट्टा हिड्ने सुकुमबासी एैयासी भइसक्यो हामी जहाँको त्यहीँ!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा जे लेखेपनि हुन्छ सत्य हो!विभिन्न विधामा लेख्दा ऐेनामा देखिने अनुहार भने आफ्नै हो!वास्तविकता माथि उभिदा चटकेको तुलनामा गहनता फिका लाग्छ तर फरक उनीहरूको रङ उत्रिन्छ यता सदावहार!सञ्जालमा पैठीजोरी खेल्ने भन्या प्रायोजितले हो मालिकको बचाउमा!निष्पक्ष मौलिकता आनन्ददायी!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

समाज दिनानुदिन साघुँरिदै गयो ईर्ष्या डाह असहिष्णुता बढ्दै गयो केही सहिष्णु सहयोगी मन भएकापनि हामी दुइचार जनाले गरेर के हुन्छ र भन्न थाले!अर्काको प्रगतिमा रमाएर प्रेरणा लिने संस्कार लोप हुनथाल्यो देखिसिकी र उछिन्ने प्रवृत्तिले घाटाहुनेआफैलाई हो!'घाटी हेरेर हाड निल्ने'भन्या कताकता!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

दर्शन सिध्दान्त आदर्श भनेको समग्रता हो यहाँ त कुन पङ्ती खण्ड आफु अनुकूल छ टिपेर खैजेडी बजाइन्छ फेरि ताली पिट्ने कति कति!निषेधको परम्परा झ्याङि्एको छ कि त सम्पुर्ण ठिक कि त सम्पुर्ण बेठिक!फोस्रो क्षणिक स्वार्थमा रूमलिने हाम्रो नियतिअब त को कति वर्षको भयो त्यतै लक्षित निति निर्माण!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

भाले नबासे उज्यालो हुदैन भन्ने सोचले राति नै भाले निमोठ्नु त्यो बेला मुर्ख्याइ मानिन्थ्यो!अहिले राजनीतिज्ञहरू हामी नबासे राज्य चल्दैन भन्दैछन् यो भ्रमको निरन्तरता कहिले सम्म!उनीहरूको सत्ताको घेरा यति साघुँरिदै गएको छ कि जमिनि यथार्थ बुझ्न फुर्सद रूचि दुबैछैन सत्ताको हात्ती यस्तै!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

समाजमा सामान्य जीवन यापन गर्ने द्वेष ईर्ष्या नगर्ने विवादमा पर्न नचाहने मानिसको चर्चा जहिल्यै पनि कम हुन्छ!यो वास्तवमा घाउ चोट नलागे महलम् ओैषधि गर्न नपरे जस्तै हो!विवादास्पद अभिव्यक्तिले चर्चा त बटुल्नसक्छ तर पीडा हुने आफैलाई हो!'आइज गोरू मलाई हान' भन्ने कुरा रहर हो कि बाध्यता?

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

दुब्लाउदै गएको नयाँ वर्ष २०८१ को शुभकामना सबैमा!विगतका नयाँ वर्षहरू सम्झन्छु कति हृष्टपुष्ट उल्लासमय हुन्थे सबै मानिसहरू केही न केही उपलब्धि हासिल गर्ने र हुनेमा आशावादी पनि!मर्निङ् वाकमा पनि पातलिदै गएका छन् साथीभाइ Good morning,Happy new year दुब्लाएर मलिन भए पनि हिम्मत नहारौ!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

हामी सामान्य मानिसलाई थाहा हुदैन किन भन्ने कुरा गुप्तचर शब्दले नै उजागर गर्छ!एउटा विधा हेर्ने जिम्मेवारी पाएका विदेशी मालिकका प्यादाहरू यत्रतत्र छन् हाम्रै भाषाभेसमा!अन्टसन्ट बोल्नु,मालिक विरूद्ध अनुमति लिएर नारा लगाउनु विरोधी देखिनु पनि जिम्मेवारी भएकोले हामी झुक्किन्छौ सधैं!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

कस्तो कर्मलाई प्रोत्साहन दिने भन्नेकुरा प्रधान हुँदो रहेछ राज्य होस कि समाज!यहाँ छट्टुहरू धेरै स्वाङ पारेरअर्कै उदेश्यको लागि समाजसेवा गरेजस्तो गर्छन् सिमीत समयको लागि!प्रविधि मैत्री सेवामा लागेका महाविर पुनले प्रत्यक्ष दुईदशक देखि गरेकोकर्म राज्यले समेत नरूचाउनु खोट प्रवृत्तिको!

मुलुकको राजनीति पनि दुइटा श्रीमती हुने श्रीमान् को जस्तै भएको छ!बुढाको कालो र सेतो छ्यासमिसे कपाल,कान्छी बुढीले आफु जस्तो बनाउन सेतो उखेल्ने अनि जेठीले कालो उखेल्ने परिणाम श्रीमान् तक्लु!यता राजनीति पनि एकजना बिचमा बसेर नयाँ र पुराना दुबैलाई आफु जस्तै बनाउने प्रयास जारी!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

कमसेकम अलिक सचेत मानिसहरूले त भ्रम नपाले हुन्थ्यो जस्तो लाग्छ!मुलुकको इतिहास र वर्तमान दुबै साक्षी छन् यहाँ राजनीति गरेर सत्तामा पुग्न विदेशीहरू बाट क्वालिफाइ हुनैपर्छ!क्वालिफाइ हुन कुनै न कुनै मुद्दा लाग्ने प्रकृतिको गल्ती गरेकै हुनुपर्छ!दाँयाबाँया गरेर मालिकले भनेको नमाने उहीँ!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

'हात्ती जिउँदोमा एक लाख मरेपछि सव़ालाख' उक्ति ठ्याकै त मिल्दैन तर भारतीय राजनीतिमा सत्तापक्षले प्रतिपक्षी लाई गरेको व्यवहार हेर्दा त्यस्तै देखिन्छ!बहालवाला मुख्यमन्त्री,मन्त्री नेताहरूलाई विभिन्न मुद्दामा जेल हालेर आसन्न लोकसभा चुनाव जित्ने दाउ झन् पेचिदो बन्दै गएको छ!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

चर्चा चर्को छ संसदीय छानबीन समिति बनाउने उदेश्य के होला?लाग्छ हाल उठेका सबै मुद्दाहरू आफ्नो अधीनमा ल्याउने होइन भने मौजुदा कानुनले निर्दिष्ट गरेका डामेकाहरूलाई एक एक गर्दै कार्यवाही गरेर बाँकी रहेका छुटेकालाई आवस्यक परे नयाँ नियम कानुन बनाउन संसद् त छदैछ!बच्ने दाउ त हो सबै रोइलो!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

समाजको अवस्था,वास्तविकता बुझ्नु राम्रो हो अझै सकिन्छ भने सुधार सकारात्मकताको बाटो देखाउनु पर्छ!यहाँ त चाहिने भन्दा बडी व्यक्तिगत चियोचर्चो गर्ने गरिन्छ जसलेआफैलाई दुःखी बनाउछ!समस्याहरूको सामुहिकरण गर्दा फराकिलो बनाउदा समाधान खोज्न सजिलो हुन्छ!दिमाग फराकिलो बनाए धेरैकुराअटाउछ पनि!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

रोचक बन्दै गएको इलामको उपचुनाव काङ्ग्रेस एमाले ले नजिते प्रतिसोध देशभरी कै जनताले भोग्नु पर्ने देखिन्छ!हुन त एकथान सांसद थपिने यो जात्राले त्यति ठुलो महत्व त राख्दैन तर ठुला पुराना दलका उम्मेदवारले हार्दा शासकीय स्याटेजी फेरिन सक्छ!आफु डुब्ने भएपछि धेरैलाई लिएर डुब्ने सोच नपलाओस!

account_circle